दफा
नियोगको औपचारिक पत्र व्यवहारको अनतिक्रम्यता

(१) नियोगको औपचारिक पत्र व्यवहार अनतिक्रम्य हुनेछ र कुटनैतिक डाँक खोलिने वा रोकिने छैन ।

तर त्यस्तो डाँक थैली बाहिर स्पष्ट रूपले थाहा हुने गरी “कुटनैतिक” भन्ने शब्द लेखिएको हुनुपर्छ र सो भित्र कुटनैतिक डाँक वस्तु बाहेक अन्य वस्तु राखिनु हुँदैन ।

(२) कुटनैतिक सन्देश बाहकलाई व्यक्तिगत अनतिक्रम्यता हुनेछ र निजलाई पक्राउ वा थुन छेक गरिने छैन ।